२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

डडेल्धुरामा पत्रकारको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

डडेल्धुरा – सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेर पत्रकारको चरित्र हत्या गरेको आरोपमा डडेल्धुरामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत तमोली रहेको प्रहरीले जनाएको छ ।

पत्रकार महासंघ डडेल्धुराले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटकपटक स्टाटस लेख्ने र पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारबाहीको मागसहित महासंघले निवेदन दिएको थियो ।

तमोलीले यसअघि पनि पटकपटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।