मेरो देश आए
हो त्यसरी मेरो देशका चराहरूु पनि गरिबी छल्न अरब गए…
थाहा छैन
ती चराहरूले जाडो र गरिबी छलेकी छलेनन्
तर
साहुको ऋणको बोझ
कामको थकान
निद्राविहीन रात
घरको पुरानो धुरी
आमाको पुरानो धोती
अझै, तिर्न, छल्न र फेर्न बाँकी नै छ…




उपर्युक्त पंक्ति नेपाली साहित्य विधामा पहिलोपटक सुरु भएको कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडलु मा नाथन रायनले वाचन गरे । वैदेशिक रोजगारमा जाने हरेकको विदेश पसाइ र फर्काइ फरक(फरक हुने भाव झल्किने उनको कविताले निकै मर्मस्पर्शी भाव बोकेको छ ।’
आफ्नो गाउँको रौनक, साथीसँगको माहौल, श्रीमतीको सिन्दूर, आमाको मात्सल्यता, बाको स्वाभिमान र भाइको साथ छुटेको भाव कवितामा छ । उनको कविताले हरेकको घरघरलाई स्पर्श गरेको छ । बढ्दो विदेश पसाइले हरेक घरको कम्तीमा एकजना विदेश गएको यथार्थ हामीमाझ छ । वैदेशिक रोजगारमा भोगेका दुस्ख पीडा र त्यसले परिवारमा हरबखत दिएको नैराश्यताले जोकोहीको मन अमिलो हुन जान्छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं-४ मा जन्मिएका नाथनले महेन्द्रनगरस्थित अमिटी कलेजबाट उत्कृष्ट नतिजासहित बीबीए उत्तीर्ण गरेका छन् । काठमाडौँको कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका पनि विद्यार्थी हुन् । सन् २०१९/२० का लागि अमेरिकी दूतावास युथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कवसता लेखेको बताउँछन् ।
उनी भन्छन्, साहित्यमा कविता विशिष्ट विधा हो । कयौँ निराश जिन्दगीमा अनौठो उत्साह र उमङ्ग भरिदिने कविता उज्यालोको द्योतक पनि हो । जीवनमा सदैव ओहोरदोहोर गरिरहने आरोह(अवरोहले ओतप्रोत भावलाई म कवितामार्फत व्यक्त गर्ने प्रयासमा छु । जहाँ मलाई तपाईँहरूले दिनुभएको असीम माया, प्रेम र स्नेहले थप शक्ति प्रदान गरेको छ । तपाईँहरूको यही साथले मलाई आगामी दिनमा पनि मर्मस्पर्शी कविता प्रस्तुत गर्ने हुटहुटी बढेको छ । यसैकारण पनि म तपाईँहरूको अनन्त साथ चाहन्छु । उनले भनेका छन् ।
‘The Poet Idol’ले मलाई मञ्च दियो, अनि तपाईँहरूको माया, प्रेम, सौहार्दता र हौसलाले मलाई त्यस मञ्चमा उभ्याएको छ । हिजोको प्रस्तुतिपछि तपाईँहरूको साथ, काँध र सहयोगी हातले मलाई थप हौस्याएको छ । म तपाईँहरूप्रति धन्य(धन्य छु । त्यही हौसलाले मलाई आगामी दिनमा झन् सशक्त भएर पुनस् भावना, दुस्ख, वेदना, आँसु, सुख र सौहार्दताका भावहरू पस्किन प्रेरित गरेको छ । जसका लागि म अहोरात्र चिन्तनमा छु ।
मेरा लागि प्रेरणाको श्रोत तपाईँहरू नै हो । यसकारण मप्रति तपाईँहरूको अनुकम्पा रहिरहोस् भन्ने मेरो अपेक्षा छ, जसले मलाई थप प्रेरणा र उत्साह प्रदान गर्नेछ । तपाईँहरूसँगको मेरो सदा पारस्परिक प्रेम छ । ‘AP1 टेलिभिजन’ बाट हरेक साता बिहीबार र शुक्रबार प्रसारण हुने कवितामा आधारित रियालिटी शो’The Poet Idol’ को शीर्ष १४ अन्तर्गत छन् रायन ।


























