आईतवार सरस्वती मा.वि. लाकम बगरकोटमा सम्पन्न





डडेल्धुरा ः समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तिब्रता दिएकोछ । आईतवार भागेश्वर गाँउपालिकाको सरस्वती मा.वि. लाकम बगरकोटमा कार्यक्रम गरिएको सरस्वती मा.वि का प्र.अ केशवराज पन्तले जानकारि दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख मनोहर प्रसाद भट्टले लागु औषध दुर्व्यसन, साईबर क्राईम, बालविवाह लगायत विभिन्न सामाजिक अपराध एवं कुरुती न्यूनिकरण सम्बन्धमा विद्यार्थी वर्गको भुमिका साथै यस्ता अपराधबाट समाजमा पर्ने नकारात्मक असर तथा लागु औषध दुर्व्यसन तथा विभिन्न अपराधबाट सुरक्षित हुने उपाय सम्बन्धमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सञ्चालन संञ्चालन गरेका थिए । कार्यक्रममा विद्यार्थी , शिक्षक, अभिभावक गरि करिब तीन सय जनाको सहभागिता रहेको थियो ।
यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक परर्वितन आउने र यी कार्यक्रमलाई निरन्तरता दिन सके प्रभावकारी हुने विद्यालयका प्र.अं पन्तले बताए ।

























