२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

डोटी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन जडान

डोटी ।  डोटीमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन जडान गरिएको छ ।आइतबार जिल्ला अस्पताल डोटीमा मेसिन जडान गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको पिसिआर मेसिन मंगलबार बिहान ८ बजे सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

उत्त जडान गरिएको मेसिनको परीक्षण नतिजाको सहिमापन जाँचका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण भइसकेका १०–१० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वावहरु सोमबार परीक्षण गरिने बायो मेडिकल इन्जिनियर जय साउँदले जानकारी दिए।

गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको निर्णय अनुसार डोटी, बैतडी र कैलालीमा पिसिआर मसिन सहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।