२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रविलाई आजै पार्टी सभापति बनाउने रास्वपाको तयारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । १३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए । रवि नागरिकताका लागि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छन् ।

ढकालले भने, ‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको छ ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापती पद पनि गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता छानेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।