डडेल्धुरा ः ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र चाइना फाउन्डेसन नेपालको संयुक्त साझेदारी एवंम अमरगढी नगपालिका संगको सहकार्यमा संचालित पाण्डा प्याक परियोजना अन्तर्गत शैक्षिक सामग्री हस्तान्तरण गरिएकोछ ।
आईतबार अमरगढी नगरपालिका वार्ड नंम्बर ११ मा पर्ने श्री सरस्वती माध्यमिक बिद्यालय फिन्नेकोटका कक्षा बालिवकास देखि ८ सम्मका १२७ छात्र, छात्राहरु छात्र ५० र छात्रा ७७० लाई २० वटा शैक्षिक र स्वास्थ्य सामाग्रीहरु सहितको स्कुल ब्याग वितरण गरिएको रुडुक डडेल्धुराका प्रमुख अमर साँउदले बताए ।
कार्यक्रमममा प्रदेश सभा सदस्य माननीय सरस्वती खड्का , अमरगढी नगरपालिका प्रमुख लगायत स्थानीयको सहभागिता रहेको थियो ।



Views: 180

























