२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

दायाँबायाँ नसोची राष्ट्रपतिको निर्वाचनको मिति घोषण गर्न उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। आइतबार विहान ट्वीट गर्दै उपभापति खड्काकले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने भन्दै निर्वाचन आयोगले मिति तोक्नुपर्ने बताए ।

‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन् ।

निर्वाचन आयोगले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने खड्काको भनाइ छ । गत सोबार बसेको कांग्रेस पदाधिकारी बैठक पनि समयमै राष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएको थियो । राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने कांग्रेसको तयारी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।