२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

पठान को नयाँ रेकर्डस् दुई दिनमा दुई सय करोड बढी

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ुपठानु ले बक्स अफिसमा नयाँ(नयाँ रेकर्ड राखिरहेको छ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार फिल्मले दुई दिनमा विश्वभरबाट २१९ करोड ६० लाख भारू कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

यो फिल्मले विश्वभरबाट पहिलो दिन १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। फिल्मले दोस्रो दिन ११३ करोड ६० लाख भारू कमाउँदै अर्को रेकर्ड राखेको हो।

घरेलु बक्स अफिसमा ‘पठान’ ले पहिलो दिन हिन्दी संस्करणमा ५५ करोड भारू कमाएको थियो भने दोस्रो दिन ६८ करोड भारू कमाएको छ। हिन्दी संस्करणमा एक दिनमै करिब ७० करोड भारू कमाउने यो पहिलो फिल्म हो।

फिल्मले हिन्दी संस्करणमा दुई दिनमा १२३ करोड कमाएको छ भने तमिल र तेलुगुमा ४ करोड ५० लाख भारू कमाएको छ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।