२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

सुदूरपश्चिममा ५ .९ म्याग्निच्युडको भूकम्प

धनगढीः सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूरको पहाडी जिल्ला बाजुराको मेला केन्द्रविन्दर भएर आज दिउँसो भूकम्प गएको हो। बाजुराको मेला क्षेत्रमा केन्द्र विन्दु भएर मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५ दशमल ९ म्याग्निच्युड थियो। भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले समेत जनाएका छन्। दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्ड लगाएका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो।

भूकम्पबाट बझाङमा कृषि ज्ञान केन्द्र भत्किएको छ। थप विवरण आउन बाँकी छ। भूकम्पको महसुस सुदूरपश्चिमभरी नै गरिएको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ। तर अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।