डडेल्धुरा ः सामोवार डडेल्धुराको अजयमेरु गाँउपालिकाले सार्वजनि सुनुवाई कार्यक्रम सम्पन्न गरेकोछ । पालिकाले उत्कृष्ट कर्मचारी, जनप्रतिनिधि, शिक्षक, उपभोक्ता समिति, शाखा र वडा कार्यालयलाई सम्मान गरेको छ । नगद पुरस्कार सहित उत्कृष्टलाई सम्मान गरिएको हो ।
आर्थिक वर्ष ०७८—०७९ को कार्यसम्पादनलाई हेर्दै उत्कृष्ट कर्मचारी, जनप्रतिनिधि, शिक्षक, उपभोक्ता समिति, शाखा र वडा कार्यालयलाई पुरस्कारसहित सम्मान गरिएको हो ।
उत्कृष्ट जनप्रतिनिधिको पुरस्कार वडा नम्बर १ का अध्यक्ष दत्तिसिंह भण्डारीलाई प्रदान गरिएको छ । यस्तै सर्वोत्कृष्ट कर्मचारी लोकेश बोहरा, उत्कृष्ट कर्मचारी विष्णुराज भट्ट, उत्कृष्ट स्वास्थ्यकर्मी गणेश बहादुर ऐडी, उत्कृष्ट वडा कार्यालय वडा नम्बर ५, उत्कृष्ट स्वास्थ्य संस्था चिपुर स्वास्थ्य चौकी र उत्कृष्ट शाखाको पुरस्कार पशु विकास शाखाले पाएको छ ।
यस्तै सबैभन्दा धेरै राजश्व संकलन गर्ने वडा कार्यालय वडा नम्बर ३ लाई पनि पुरस्कारसहित सम्मान गरिएको छ । गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टाका अनुसार प्रत्येक वडाका एक÷एक उपभोक्ता समितिका दरले ६ वटा उपभोक्ता समितिलाई पनि पुरस्कारसहित सम्मान गरिएको छ ।
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिक्षकलाई पनि पुरस्कारसहित सम्मान गरिएको पालिका अध्यक्ष भट्टले बताए ।























