दिपकराज भट्ट/डडेल्धुरा– बजारमा तरकारिको मूल्य आकासिये सगैं विधार्थि र वेरोजगार मानिसलाई समस्या भएको छ ।डडेल्धुरामा कोठा भाडा को भाडा नै तीन चार हजार रहेको छ त्यसमा झन तरकारिको मुल्य बढदा एकछाक तरकारिका लागि सय रुपैयाँले पुग्दैन । तरकारि का लागि मात्रै महिनामा चार पाँच हजार आवश्यक पर्ने वागवजारमा डेरा गरि वसेका निरज मडैले वताए ।
डडेल्धुरा जिल्ला तरकारिका लागि प्रख्यात मानिन्छ । जिल्लाको अमरगढि नगरपालिका , भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिका तरकारि उत्पादनका लागि प्रख्यात मानिन्छन् । देशमा कोरोनाको कहर भएपछि किसानले लगाएको तरकारि बारिमै कुहियो । अहिले लकडाउनु खुकुले भए संगै जिल्ला सदरमुकाममा मानिसहरुको चहलपहल बढे संगै तरकारिको माग पनि बढेको छ ।
जिल्लाका अधिकासं किसानहरुले कोरोना माहामारिको समस्याले गर्दा न त तरकारिको बिउ पाए , न त लगाएको तरकारिको बजार नै पाए । लकडाउनु हुदा आफ्नो तरकारि बारिमै कुहिएको र पछि तरकारि लगाउनु खोज्दा पनि बीउ नै नपाएको भागेश्वर ४ का किसान प्रेम ओडले बताउनुभयो ।
अहिले जिल्ला सदरमुकामा टमाटर ( रु१००प्रति के।जि।, प्याज(रु८०
लौका (६0, भिन्डि ( ८०, बन्दा ५०आलु ( ७०, काउलि( १२०, धनिया ( १२०, सिम्ला(१२०, काक्रा ६ण् रुपैयाँ प्रति के जि का दरले बेचिरहेको डडेल्धुरा सदरमुकामका व्यपारिहरुले जानकारि दिएका छन् ।
स्थानीय स्तरमा तरकारिको उत्पादन कम हुनु र माग बढि भएकाले तरकारिको मुल्य बढेको तरकारि व्यपारिहरुको भनाई छ ।
तरकारिको मुल्य बढेपछि आफुहरुले किन्ने मुस्किल भएको कोठा भाडामा लिएर बस्नेहरुको गुनासो रहेको छ ।