२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

इन्टेरियर डिजाइनिङ व्यवसायमा भविष्य खोज्दै सम्झना र सत्यराज

काठमाडौंः काठमाडौंका सम्झना मिश्र र सत्यराज बस्नेतले ‘वास्तु इन्टेरियर सोलुसन’ मार्फत इन्टेरियर डिजाइनको काम वास्तुअनुसार गर्दै आएका छन्।

नेपालमा इन्टेरियर डिजाइनिङ व्यवसाय नयाँ उचाइमा पुर्‍याउन दक्ष नयाँ कामदारलाई प्लेटफर्म दिन र सुलभ दरमा इन्टेरियरको काम गर्नुपर्छ भन्ने योजनाका साथ उनीहरुले यो व्यवसाय सुरू गरेका हुन्।

कम्पनीले व्यवसायका साथसाथै व्यक्तिगत ग्राहकसँग कार्यालय, अपार्टमेन्ट र आवास निर्माणका लागि आफ्नै इन्टेरियर डिजाइन गर्दै आएको छ।

‘वास्तु इन्टेरियर सोलुसनमार्फत इन्टेरियर डिजाइनको काम गर्दै अआइरहेका छौं त्यो पनि वास्तुअनुसार,’ बस्नेतले क्यापिटल नेपालसँग भने ‘नेपालमा इन्टेरियर डिजाइनिङ व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन, दक्ष नयाँ कामदारलाई प्लेटफर्म प्रदान गर्न र सुलभ दरमा इन्टेरियरको काम गर्नुपर्छ भन्ने धारणामा काम गरिरहेका छौं।’

उनले यही योजनाकासाथमा व्यवसाय सुरू गरेको बताए। उनकाअनुसार नेपालमा इन्टेरियर डिजाइनिङको कामलाई बढी महँगो रूपमा लिइन्छ।

सामान्य बुझाइमा यो महँगो र बढी खर्चिलो हुने धारणा बसेकाले वास्तु इन्टेरियर सोलुसनमार्फत इन्टेरियर डिजाइनको काम गर्दा सहज हुने र सबैको पहुँचमा पुग्ने उनको भनाइ छ। अहिले उनीहरूले यसैलाई मध्येनजर गरेर काम गरिरहेका छन्।

‘म विगत ६ वर्षदेखि पोखरामा फाइनान्सियल इस्टिच्युसनमा काम गर्दै आइरहेका थिए र त्यहाँ काम गर्दा मैले नेपालमा केही गर्नुपर्छ र योगदान दिनुपर्छ भन्ने सोचका साथ सो जागिरे जीवन त्यागेर यो व्यवसाय सुरू गरेको हो’ बस्नेतले भने।

उनले आगमी दिनमा यस्तै इन्टेरियर डिजाइनिङ कम्पनीसँग समन्वय गर्दै नेपालमा मात्र नभएर अन्य देशमा पनि काम गर्ने लक्ष्य लिएको जानकारी दिए। यो काममा सबैको हौसला र साथ पाएको बताउँदै उनले यसमा थप सक्रिय भएर लाग्ने प्रतिक्रिया दिए। क्यापिटल नेपाल

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।