कञ्चनपुर ;-स्थानीय निकायको निर्वाचनमा शुक्लाफाटा नगरपालिका वडा न. ९ बाट आत्याधिक मतले निर्वाचित हुने सफल वडा अध्यक्ष तथा युवा जनप्रतिनिधि हुन रमेश बहादुर ऐर ! आफुले पाएको जिम्मेवारीलाई सार्थक पार्नका लागी सदैब जनताको सेवामा आफुलाइ समर्पित गरेर अगाडि बढिरहेका छ्न ! हाल बिश्वब्यापी महामारीले देश नै आक्रान्त पारेपनि ऐर भने दिन रात आफ्ना वडामा जनाताको सेवामा खटिएका छ्न ! उनले निर्वाचित भएपछी आफ्ना वडामा विभिन्न बिकास तथा परिबर्तन भएको देख्न पाइन्छ !
हाल नगरभित्र हुलियका छाडा पशु चौपाया ब्याबस्थापनको जिम्मा लिएका वडा अध्यक्ष ऐरले आफ्नो वडाको बिन्द्राबन सामुदायिक बनमा लगेर गाइगोरुको उचित ब्यबस्थापन गरेका छन , उनले उक्त गाइगोरुको स्वास्थ अवस्था मध्यनजर गर्दै केही दिन अगाडि उपचार समेत गराएका थिए ! लकडाउन भएपछि आफ्नो वडामा राहत बितरण गर्दा सबैलाई समेटेर पीडित , गरिब र मजदुरलाई प्राथमिकता दिदै सबैको मन जितेका कारणले क्वारेन्टाइन ब्याबस्थापनमा झनै सक्रिय भएर लागिपरेका थिए , जसको कारण उनी सम्पुर्ण स्थानीय बासिन्दाको बधाई का पात्र पनि बनेका थिए ! कोरोनाको कहर चलिरहेको बेला पनि आफ्नो वडामा विभिन्न बिकास निर्माणका कार्यहरुलाइ निरन्तरता दिदै आफ्नो वडामा बाटोघाटो निर्माण ग्राभेल , पानीपिच , सिचाइको निम्ति बोरिङ , ट्युबवेल , ढल निकास , तटबन्ध , जालि निर्माण तथा बर्षाको समयलाई मध्यनजर गरि काठेपुल समेत निर्माण गरेका छ्न !
ऐर कुशल नेतृत्व गर्ने क्षमता भएका , इमानदार , जनप्रेमी , निष्पक्ष , साहसी र बिकासप्रेमी युवा जनप्रतिनिधि पनि हुन ! उनले गरेको बिकास र कार्यशैली देखि सम्पुर्ण वडाबासी सन्तुष्ट हुनुका साथै युवाहरुको पनि उत्तिकै साथ र सहयोग पाइरहेका छ्न , उनले आफ्नो वडामा विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु पनि सन्चालन गरेका छ्न ! आफ्नो वडाका सम्पुर्ण बासिन्दाको आवश्यकता र चाहनाअनुसार युवायुवतीलाई कम्प्युटर तालीम , महिलाहरूलाई विभिन्न च्याउखेती , सिलाइकटाइ तथा ब्युटिपार्लरको तालिम , कृषकहरू अनुदान , जेष्ठ नागरिकहरुलाइ न्यानो लुगा कम्बल बितरण तथा आखा स्वास्थ्य शिबिर सन्चालन , गर्भवती महिलाको हकमा १ क्यारेट अण्डा , बिध्यार्थिहरुलाइ छात्रवृत्ति , निजि शिक्षकहरुलाइ तलब , जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिबृदि तथा वडामा रहेका क्लबहरुलाइ खेलकुद सामाग्री बितरण जस्ता अतुलनीय कार्यहरु गरि सबैका प्रेरणाका पात्र बन्दैछ्न !
ऐरले आफ्नो वडालाइ नगरकै एक नमूनाका रुपमा बिकास गर्दै समृद्धि वडा बनाउनेतर्फ जोड दिएको पाइन्छ , विभिन्न समस्या र अबरोधका बाबजुद पनि उनी आफ्ना वडाको टिम र सम्पुर्ण वडाबासिको सहयोग र आशीर्वादले गर्दा सफल जनप्रतिनिधिको रूपमा आफुलाइ स्थापित गर्दै छ्न ! उनी आफ्नो वडाका शिक्षक , कर्मचारी , बुद्धिजीवी तथा अग्रजहरुको सल्लाह तथा छलफलमा उपस्थित भइ आफ्नो अनुभव र कार्यक्रमबारे आफ्नो बिचार राख्ने र सल्लाह अनुसार योजना गर्ने गर्दछ्न जसको कारणले सबैमाझ झन लोकप्रिय बन्दै छन ! सडकको सुधार गर्दै सोलार बत्ती , सार्वजनिक जमिनमा सिमा स्तम्भ , घेरबार तथा बृक्षारोपण कार्यक्रम , सामुदायिक बिधालयमा वायरिङ , बिधुत जडान , इ हाजिर सिस्टम जडान जस्ता कार्यले उनी आफ्नो वडाको मात्र नभइ नगरकै उत्कृष्ट जनप्रतिनिधि बन्न सफल भएका छ्न !
अन्तमा निर्वाचित भएदेखि हालसम्मको तपाइँको कार्यप्रती हार्दिक नमन गर्न चाहान्छु , अझै यो भन्दा पनि बिकास र सकारात्मक परविर्तन गर्दै गरेको देख्न पाँउ ! पार्टी तपाईंको उच्च मुल्यांकन गरि अझै थप जिम्मेवार र नेतृत्व दिने छ भन्ने आशा गरेको छु ।(प्रतिक रावल :- सभापति कृष्ण बैजनाथ बहुमुखी क्याम्पस इकाई कमिटी झलारी कंचनपुर )