२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा। अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।

तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिइ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । त्यसको समयसीमा आजै बेलुकी ५ बजे सकिएको हो । त्यो समयसीमा अघि नै प्रचण्डले तीन स्वतन्त्रसहित एक सय ६९ सांसदको समर्थनमा दाबी पेस गर्नुभएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।