२०८३ कार्तिक २४ सोमबार
२०८३ कार्तिक २४ सोमबार

सत्ता गठबन्धनको बैठक अनिश्चित प्रचण्ड नबोली निस्किए

काठमाडौं– आइतबार बिहानबाट बलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ र माधव नेपालसहित त्रिपक्षीय बैठकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट निस्किएका छन्।
बालुवाटारबाट निस्किँदा प्रचण्डले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन्। आइतबार साँझसम्ममा प्रधानमन्त्रीको लागि राष्ट्रपतिले दिएको समयसीमा सकिने हुँदा बिहानबाटै बालुवाटारमा सरकार गठनका लागि बैठक जारी थियो।
यता सत्तागठबन्धनका अन्य नेता भने गठबन्धनको बैठक बस्न बालुवाटार पुगिसकेका थिए। प्रचण्ड निस्किएपछि बैठक अनिश्चित बनेको छ। प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीसँग सहमति हुन सकेको छैन।
यसअघि खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकमा माओवादीले प्रधानमन्त्री नपाए सरकारमा सहभागी नहुने निर्णय गरेको छ। यता कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो दाबी गर्दै आएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।