२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

नेविसंघ लाई चलायमान बनाउन आमन्त्रित सदस्य

डडेल्धुरा । नेपाल बिद्यार्थी संघ डडेल्धुराले आमन्त्रित सदस्य वितरण गरेको छ । करिब एक महिना पहिले डडेल्धुरा कमिटीमा कार्यबहाक सभापती तोकिए पछि आन्त्रित सदस्यता वितरण गरियो ।

काठ्माण्डौमा बस्दै आएका नेविसंघ सभापती दिपेन्द्र भट्टले आमन्त्रित सदस्य थपेका हुन । बिद्यार्थी राजनिती नै नबुझेका लाई पनि आमन्त्रित सदस्य बनाईएको भन्दै नेविसंघमा गुनासा पनि बढेका छन ।

तर सभापती भट्टले भने नेविसंघ लाई चलायमान बनाउन आमन्त्रित सदस्य थपिएको बताए । नेविसंघको केन्द्रिय समिति खारेज भए पछि अहिले तदर्थ समिती छ । जिल्लामा भने पुरानै समितीले काम कार्वाही गरि रहेको छ ।

नेपाली कांग्रेसको महाधिवेसन र निर्वाचनको समय आउन अब दुई बर्ष मात्रै रहेकाले पनि नेविसंघ लाई चलायमान बनाउन सदस्यता दिईएको उनको भनाई छ ।

कम्युनिष्टको सरकार छ । कांग्रेस प्रतिपक्षमा छ । गाउघरमा खबरदारी गर्न नेविसंघमा सदस्य थपेका हौ । उनले भने, कतिपयले यस लाई नराम्रो पनि भन्ने गरेका छ । टिकाटिप्पणी गर्ने गरेका छ । त्यो उचित होईन ।

जती सक्यो त्यती सदस्यता बढाउन सके कांग्रेस लाई फाईदा हुने उनले बताए । नेविसंघमा लामो समय निर्वाचन हुन सकेन । ईच्छा, सिद्धान्त भएका बिद्यार्थीहरु नेविसंघमा आउन पाएन्न । अहिले उनिहरुले धेरै कुरा बुझेका छन । नेविसंघमा आवद्ध हुन चाहान्छन । उनले भने, उनिहरु लाई रोक्ने कुरा पनि भएन ।

कम्युनिष्ट सरकारको हरेक क्षेत्रमा निगरानी बढाउन र खबरदारी गर्न पनि नेविसंघमा सदस्यको खाँचो भएको उनले बताए । अहिले संघिय संरचना अनुसार यहाँका सात वटै स्थानिय तहको प्रतिनिधत्व हुने गरी आमन्त्रित सदस्यता दिईएको उनको भनाई छ ।

आमन्त्रित सदस्यता पाएकाहरुले पनि आ आफ्नो क्षेत्रमा स्थानिय लाई के कस्ता समस्या छन बुझ्ने । समस्या सामाधानका लागी समन्वय गर्ने । काम गर्ने, खटिने, सामाजिक सेवा गर्ने लगायत नागरिक निगरानी बढाउने काममा लाग्न उनले निर्देशन दिए । स्रोत: लिपुलेक न्युज

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।