२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

एक महिला आफ्नै देबरसँग भागेपछि, दूधे बालकको बिचल्ली

बझाङ:  एक महिला आफ्नै देबरसँग भागेपछि, दूधे बालकको बिचल्ली परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-७ ज्वाडाकी १ महिला असार ७ गतेदेखि फरार हुँदा २१ महिने छोरी र ३ वर्षका १ छोराको बिचल्ली परेको हो ।

परिवारका अनुसार आप्नै नातापर्ने देबर सूर्या भण्डारीसँगको अवैध शाररीक सम्बन्ध रहेको उनका श्रीमान् सत्य भण्डारीले थाहा पाए पछि ती महिला फरार भएकी हुन् ।

आफू भारतमा रहेका बेला श्रीमती र देवरको अनैतिक शाररीक सम्बन्ध बसेकोे थाहा पाएपछि श्रीमती भागेकी श्रीमान् भण्डारीले बताए । गत असार ७ गतेदेखि हराएकी श्रीमतीको खोजी गरीदिन भण्डारीले जिल्ला प्रहरी कार्यालय बझाङलाई पटकपटक आग्रह गर्दा पनि प्रहरीले भने कुनै वास्ता नगरेको दुखेसो पोख्नु हुन्छ ।

‘मेरो आप्नै भाईसँगको अनैतिक सम्बन्धको बारेमा म दिल्ली हुँदा घरबाट फोन आयो । दिल्ली रहँदा नै श्रीमतीले पनि आप्नो गल्ती स्विकार गरिन् । म दिल्लीबाट घर आएर १४ दिन क्वारेन्टाएन बसे । म घर आएको र क्वारेन्टाएनका बसेको खबर पाएपछि उनी भागेकी हुन्,’ भण्डारीले भने, ‘मेरो श्रीमतीको खोजी गरीदिन र आप्नै भाइलाई पक्राउ गर्न निवेदन दिँदा पनि प्रहरीले निवेदन बुझ्न मानेनन् ’ उनी बताउछन ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमका अनुसार फरार दुवै जनाको खोजी कार्य जारी रहेको बताए ।

स्रोत: पुरचौडी खबर

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।