राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।



समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ ।
आदिवासी–जनजाति कोटाबाट
–डा.ढाकाकुमार श्रेष्ठ
–इन्दिरा रानामगर
–सुमना श्रेष्ठ
खस–आर्य कोटाबाट
–डा.चन्दा कार्की
–डोलप्रसाद अर्याल
–निशा डाँगी
–विनीता कठायत
दलित कोटाबाट
–सन्तोष परियार
–शिव नेपाली
मधेसी कोटाबाट
–लक्ष्मी तिवारी
–मनिष झा
थारु कोटाबाट
–अशोककुमार चौधरी
मुस्लिम कोटाबाट
–असिम शाह लाई सिफारिस गरिएको छ ।
Views: 199

























