२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

गन्यापधुराका किसानलाई उन्नत जातको मुर्रा क्रस भैंसी वितरण

डडेल्धुरा ः गन्यापधुरा गाँउपालिकाले पालिकाका किसानलाई उन्नत जातको भैंसी वितरण गरिएको छ । युएनडीपी सिड्स नेपाल र गन्यापधुराको साझेदारीमा हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत बैज्ञानिक भैंसीपालन कार्यक्रम लागू भएको हो ।

शुक्रबार जनप्रतिनिधि र सिड्स नेपालका प्रतिनिधिको सहभागीमा गन्यापधुरा ५ कोरालखोलाका १० किसानलाई एक एक उन्नत जातको मुर्रा क्रस भैंसी वितरण गरिएको परियोजना संयोजक देविलाल उपाध्यायले जानकारी दिए ।
गन्यापधुरा ३ र ५ मा लागू भएको उक्त कार्यक्रममा पहिलो चरण गन्यापधुरा ५ कोरालखोलाका १० किसानलाई मुर्रा क्रस भैंसी वितरण गरिएको हो । केहिसमयमा वडा ३ र ५ का ३० किसानलाई वितरण गरिने उनले जानकारी दिए ।

किसानको जीवनस्तर उकास्ने उदेश्यले दुध उत्पादनमा प्रेरित गर्न भैंसी अनुदान दिएको उनले जानकारी दिए । उक्त क्षेत्रलाई भैंसीको पकेट क्षेत्र विस्तार गरि दूध सङ्कलन केन्द्रको स्थापनाका साथै बजारीकरणको समेत व्यवस्था गरिने परियोजना संयोजक उपाध्यायले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।