नरी बडु (बैतडी)ः बैतडीको तल्लो सोराड क्षेत्र बैतडीको राजनीतिमा सबै राजनीतिक दलका लागि सबैभन्दा सुरक्षित निर्णायक क्षेत्रका रुपमा रहिआएको छ । र यदि त्यहीँबाट सम्भावित उम्मेदवारहरु देखिन थालेभने त्यस्ता उम्मेदवारका सम्भावित पात्रहरुलाई किनारा लगाउने परिपाटी बैतडीको राजनीतिमा नयाँ भने होइन ।
स्वराडबाट राष्ट्रिय राजनीतिमा दखल राख्ने व्यक्तिको उदय हुने लक्षण देखिनासाथ त्यसलाई आन्तरिक तत्वहरुलेनै सिध्याउन लागि परेको इतिहास विर्सन सकिदैन् । सबै पार्टीहरुले आफ्नो भोट बैङ्कका रुपमा हेर्ने स्वराड क्षेत्रको व्यक्ति तथा ठाउँको विकास भएको कोही हेर्न नचाहाने त होइन रु
द्वारिकादेवी ठकुरानी



महिला र उदाहरणीय ऐतिहासिक वीराङ्गना भएकोले र सोराडको बासिन्दा भएकोले विनयध्वज चन्द लगायतको तत्कालीन काँग्रेस नेतृत्वले उनलाई २०४८ र २०५१ को चुनावमा र राष्ट्रियसभाका लागि समेत ब्यवधान सिर्जना गरिरहे । एसियाकै पहिलो महिला पन्त्रीको विरासत बनाउन सफल उनलाई सिद्य्याउन अनेक प्रपञ्चहरु रचिए ।
जयसिंह महता
तल्लोसोराडकै जयसिंह महता भने यस्ता तमाम जालझेल र तिकडम चिरेर जिल्ला विकास समितिका सभापति बनेका थिए । यद्यपि महतालाई सभापति या त्योभन्दा माथि सांसदको चुनावमा टिकट दिए उनी जित्छन् र हाम्रो साख गुम्छ कि भन्ने मनोविज्ञान कुरकुटिया दरबार र त्यसका भित्रिया राप्रपाजनलाई ठूलो चिन्ताको विषय थियो ।
शेरीराम पार्की
तल्लोसोराडकै शेरीराम पार्कीलाई उनको प्रभावमा रहेका मतहरु हत्याउन मात्रै प्रयोग गरियो तर दलित कोटामा पनि नामै नसुनिएका दलित पठाउने काम काँग्रेसले विगतमा गरिआएकै हो । शेरीराम पार्टीको स्वराड लोकप्रियताले हडबडाएका नेताहरु उनलाई मुलधारमा ल्याउन चाहादैनन् ।
पुरनसिंह दयाल
तल्लोसोराडकै पुरनसिंह दयाल पुराना एमाले र त्यसक्षेत्रमा भिजेका बौद्धिक नेता हुन् । उनलाई पनि प्रत्यक्ष टिकट दिदा सोराडको निर्णायक भूमिका अझै मजबुत हुन्छ र उनीसँग दलित समुदायको बहुसंख्यक मत भावनात्मक रुपमा जोडिएर बलियो हुने मनोविज्ञान बुझेर उनलाई कहिल्यै प्रत्यक्ष टिकट दिइएन अहिलेसम्म । उनको बोद्धिकता र लोकप्रियताले उनको पपुलारिटी पनि बढ्ने चिन्दाले पार्टीपंतिका नेताहरुलाई समय–समयमा पिरोलिरहन्छ ।
तेज बहादुर चन्द
पछिल्लो समय युवा राजनीतिमा उदाउन थालेका तेजबहादुर चन्दलाई पनि कांग्रेसले स्थान दिन चाहेको छैन् । युवामाझ चन्दको लोकप्रियताका कारण जिल्ला स्थित पार्टीका शिर्ष नेताहरुलाई ब्याक हुनुपर्ने चिन्ताले पिरोलेको–विरोल्यै हुन्छ । सामाजिक कार्यमा सक्रिय रहेका उनलाई विस्तारै पन्छाउने काम पार्टी पंत्ति र अन्य स्वराड विरोधी मतियाहरुले गरिरहेका छन् । उनकै निकट भनिएका व्यक्तिहरुलाई उनिविरुद्ध परिचालन गरि उनको राजनीतिक यात्रा भुमिकाबिहीन बनाउने काममा पार्टीपंतिका नेताहरु सक्रिय छन् ।
गोरख बहादुर चन्द
अहिले गोरख बहादुर चन्द पनि त्यही शिकार त बनाइएका होइनन् भन्ने प्रश्न ज्वलन्त रुपमा उठेको छ । गोरख चन्द दुई पटक गाउपालिका अध्यक्ष निर्वाचित भैसकेका छन् । ब्यक्तिगत रुपमा उनी जेजस्ता भएपनि सामाजिक रुपमा सोराडका मान्छेमा उनको अलग्गै छाप र प्रभाव भने देखिन्छ ।यही प्रभावमा अबको चुनावमा उनले प्रदेश या संघ त ताक्दैनन्,भन्ने मनोविज्ञानले उनको पार्टीभित्र काम गरेको त होइन रु यो शंका सर्वत्र चर्चामा छ ।
स्थानीय राजनीतिको बारेमा चासो राख्ने एवं सामाजिक विषयमा सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट आफ्नो धारणा लेखिराख्ने हेमबाबु लेखक भन्छन् । स्वराड क्षेत्र विगतदेखिनै सबैको भोट बैंक बन्यो तर त्यहाँको नागरिकलाइ प्रतिनिधित्व गर्ने अवसरबाट सधै बञ्चित गर्न खोजियो ।

























