सुदूरपश्चिम प्रदेशमा आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । काठमाण्डौंमा गरिएको परिक्षणमा कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरका एक र कैलालीका दुई गरी थप तीनजनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर प्रसाद गौतमले ह्याम्पस अस्पताल काठमाडौँको प्रयोगशालामा कञ्चनपुरका एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशालामा कैलालीका दुई गरी तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ।
Views: 29