डडेल्धुरा ः डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिकाको (साविकको ) रुपाल बस्ती हुदै परशुराम जोड्ने सडक खण्ड सुचारु भएकोछ । आईतवार उक्त सडकखण्ड सुचारु भएकोछ ।
यो सडक र्दुत मार्ग सुचारु हुदाँ भागेश्वर र परशुरामको धार्मीक, सास्कृतिक, राजनतिक नाता र पारिवारिक नाता, सम्बन्ध मजवुद भएको लेकुणाका स्थानीय रामदत्त जोशीले वताए ।
उक्त सडक खण्डमा स्थानीय ,प्रदेश रसंघ सरकारको वजेट विनियोजन भएको र आफुहरुले पनि उक्त सडक सुचारुका लागि वजेट विनियोजन गरेको भागेश्वर गाउँपालिकाका निर्वमान अध्यक्ष कौशिला कुमारी भट्ट र परशुराम नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर साउँदले जानकारी दिए ।



२०७४ सालको स्थानीय तहको निर्वाचनमा उमेदवार हुदाँ आफुहरुले परशुराम र भागेश्वरको धार्मीक, ऐतिहासिक नाता सम्वन्ध प्रगाढ वनाउन र छिमेकी जिल्ला बैतडीको तल्लो स्वराडका नागरिकलाई कञ्चनपुर जिल्ला आवत–जावतमा सहजता ल्याउन उक्त सडक सुचारुमा बिशेस पहल चालेको साउँद र भट्टको भनाई छ ।
सोही अनरुप सडक निर्माण कार्य अगाडी बढाइएको थियो । २०७६ साल यता करिब २ वर्ष कोरोनाका कारण तिब्र गतिमा काम हुन नसकेको उहाँहरुको सयुक्त धारणा छ ।
पटक–पटक निर्माण व्यवसायीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दियौं, भागेश्वर गाउँपालिका र परशुराम नगरपालिका वाट सहमति अनुसार सो सडकमा वजेट विनियोजन गरिएको थियो, निर्वतमान परशुरामका मेयर भीमबहादुर साउँदले वताए ।
भागेश्वर गाउँपालिकाको वडा।न २ र परशुराम नगरपालिका वडा.न. ३ (चौड) दुई वटै पालिकाको सिमा क्षेत्र हो । भागेश्वर गाउँपालिकाको वडा।न २ गुयला सम्म सडक निर्माण भइ सकेको भए पनि परशुराम नगरपालिकाको वडा नं. ३ चौड सम्मको सडक निर्माण भएको थियो तर सरसफाईमा ढिलो भएको हो ।
आईतवार डडेल्धुराको भागेश्वर गाउँपालिका रुपाल वाट शूदुरपश्चिम प्रदेश ११५२ नम्बरको जिप महेन्द्रनगर कञ्चनपुर पुगेको हो ।
यस्तै भागेश्वर गाँउपालिकाका प्रमुख हेमराज चटौत लगायतको टोली सडक अनुगमनका क्रममा आईतवार भागेश्वर ४ चौडमा पालिकाको टोली पुगेको थियो । पालिकाले आफ्नो क्षेत्रको सडक पुर्ण रुपमा सुचारु रहेका जानकारि गराएकोछ । अव डडेल्धुराका नागरिकलाई महेन्द्रनगरको यात्रा छोटो हुनेछ ।

























