प्रदेश १ लोक सेवा आयोग,विराटनगरले एकै पटक ३१६ कर्मचारी माग गरेको छ । आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पाँचौ र चौथो तहका पदमा विज्ञापन खुलाएको हो ।
विज्ञापन अनुसार सबइन्जिनियर,सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत विभिन्न पदमा गरी ३१६ जना कर्मचारी माग भएको छ।



खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने र स्थानीय तहले नै स्थायी नियुक्ति दिने जनाइएको छ ।
Views: 292

























