२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

समानुपातिकतर्फको मतगणना सकियो, कसले कति मत पाए ?

एमाले पहिलो काङग्रेश दास्रोमा
काठमाडौं ः मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। समानुपातिकमा नेकपा एमाले २८ लाख ४५ हजार ६ सय ४१ मतसहित पहिलो भएको छ ।

यस्तै नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएर दोस्रो दल बनेको छ । माओवादी ११ लाख ७५ हजार ६ सय ८४ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर चौथो भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १३, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको छ। योसँगै सात राजनीतिक दलले ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड पार गरेर राष्ट्रिय दलको मान्यता पाएका छन ।

नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन असफल भएको छ । एकीकृत समाजवादीले समानुपातिकमा २ लाख ९८ हजार ३ सय ९१ मत ल्याएको छ । थ्रेस होल्ड नकटाउने ४० दलले १२ लाख ७७ हजार ६ सय ५४ मत पाएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।