२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

रेडियो युनिटी लाई शुभकामना

डडेल्धुरा-डडेल्धुरामा वि.स.२०७२ सालमा स्थापना भएको रेडियो युनिटिले आज ७ बर्ष पार गरि ८ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा युनिटि परिवारले विरामीहरु लाई फलफुल वितरणका साथै अन्य कार्यक्रम गरि जन्मउतस्व मनाएकोछ । यस शुखद घडिमा रेडियो परिवारमा शुभकामना व्यक्त गर्दछौ । आवज विशिनहरुको आवाज बन्न सकोस यहि छ शुभकामना ।
आजदेखि आठौं वर्षमा प्रवेश
सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको सात वर्ष पूरा गरी आज आठौं वर्षमा प्रवेश गरेको छ। पश्चिम नेपाल मिडिया अभियानद्वारा वि.स.२०७२ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई ०७२ मंसिर १६ गतेदेखि प्रशारण शुभारम्भ गरेको रेडियो युनिटी आज शुक्रबारदेखि आठौं वर्षमा प्रवेश गरेको हो।

डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगाबाट प्रसारित पाँच सय वाट क्षमताको रेडियो युनिटी सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, कर्णाली प्रदेशका दैलेख, कालिकोट देखि लिएर भारतका केही स्थानमा सुन्न सकिन्छ।

साथै इन्टरनेट अनलाइनबाट युनिटी खबरबाट पनि विश्वभर सुन्न सकिन्छ। छोटो समयमै रेडियो पारखी स्रोताहरुको मन जित्न सफल रेडियोले सुदूरको संस्कृति रितिरीवाज संरक्षण गर्ने कार्यक्रम तथा समाचारमुलक कार्यक्रमहरु पनि स्रोतहरुको माझमा प्रस्तुत गर्दै आइरहेको छ।
विभिन्न कार्यक्रमका साथ मनाईयो जन्मोउतसव
डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई फलफूल
शुक्रबार सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा डडेल्धुरा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको हो।
अस्पतालमा रहेका ६० जना विरामीलाई फलफूल वितरण गरिएको रेडियोका स्टेशन म्यानेजर उत्तर बिष्टले जानकारी दिए।

फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहले रेडियोको उत्तरोउत्तर प्रगतिको कामना व्यक्त गरे।

फलफूल वितरण कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायको उपस्थिति रहेको थियो।

पश्चिम नेपाल मिडिया अभियानद्वारा विस २०७२ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई ०७२ मंसिर १६ गतेदेखि प्रशारण शुभारम्भ गरेको रेडियो युनिटी आज शुक्रबारदेखि आठौं वर्षमा प्रवेश गरेको हो।

डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगाबाट प्रसारित पाँच सय वाट क्षमताको रेडियो युनिटी सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला, कर्णाली प्रदेशका दैलेख, कालिकोटदेखि लिएर भारतका केही स्थानमा सुन्न सकिन्छ।
यस्तै साझ युनिटि परिवारले जन्मदिनको अवसर पारेर कार्यालयमा केक काटेर मनाएको छ भने शुभकामना साटासाट गरेकोछ ।
यसरि नै समाज रुपान्तरणमा रिडियोले निरन्तर भुमिका खेलिरहोस शुभकामना छ ।
दिपकराज भट्ट (नेपाल पत्रकार महासंघ डडेल्धुरा ( सदस्य)

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।