धनगढी ः धनगढीमा निषेधाज्ञा जारी रहेको छ । बिहिवार धनगढीमा ग्रेडरले कुल्चेर विद्यार्थीको ज्यान गएपछि आक्रोशित बिद्यार्थी आन्दोलितपछी उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कैलालीले बिहीबार बेलुका ७ बजेबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो।



पूर्वमा धनगढी–१ को पुरानो फूलबारी बसपार्क, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा वडा नं। १, २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा जारी गरिएको छ ।
बिहीबार हसनपुरको पीपलचौतारामा सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले धनगढीको हसनपुरस्थित पञ्चोदय मा।बि। कक्षा ८ मा अध्यनरत बैतडी डिलासैनि गाउपालिका वडा न ६ बस्ने गणेश साउदकी छोरि वर्ष १५ कि चेतना साउदको बिहिवार स्कुल जाने क्रममा ग्रेडरले कुल्चेर घटना स्थलमा नै मृत्यु भएको थियो । छात्राको ज्यान गएपछि सो विद्यालयका विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै दिनभर धनगढीमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीको ज्यान गएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क बमोजिम प्रमुख जिल्ला अधिकारी किरण थापाले निषेधाज्ञा जारी गर्नुभएको छ ।

























