२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

बाजुराको कोल्टीमा एक महिनादेखि विद्युत् सेवा अवरुद्ध

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध बनेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सो क्षेत्रका ९०० घरपरिवार प्रभावित भएका छन् ।

विद्युत्को नहर माथितिर सडक खनिएकाले सो क्षेत्रमा पहिरोले बगाउन थालेपछि एक महिनादेखि विद्युत् सेवा अवरुद्ध बनेको हो । पहिरोले नहर भत्काउन थालेकाले विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।

लामो समयसम्म विद्युत् अवरोध भएपछि बजारमा सञ्चालन हुने विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प हुनुका साथै कोल्टी बजारमा सञ्चालन भएका इलेक्ट्रोनिक पसलसम्म कामकाज गर्न असहज भएको व्यापारीले दुखेसो पोखेका छन् ।

अविरलको वर्षाले माथिबाट पहिरो आएर नहरलाई क्षति गरेपछि बजार तथा गाउँघरमा बत्ती बाल्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न नपाएको उपभोक्ताको गुनासो छ ।

नहर बनाउन कामदार लगाएर बनाएको विद्युत् चलाएको एक÷दुई दिन नबित्दै सडकबाट पहिरो आएर नहर अवरुद्ध हुने गरेकाले पटक–पटक यसरी नहर बिग्रिने गरेको बूढीनन्दा–३ का धन बोहराले बताए ।

विद्युत एक महिनादेखि अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले स्वीकार गरेको छ । समिति र गाउँले मिली नहर बनाएर विद्युत् सञ्चालनमा ल्याए पनि पहिरो आएर नहर पुरिएकाले सञ्चालनमा ल्याउन सम्भव नभएको बड्डीगाड लघु जलविद्युत्का व्यवस्थापक ध्रुव रेग्मीले जानकारी दिए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।