२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी निल

धनगढी,९ मंसिर । सुदूरपश्चिममा माओवादी केन्द्र प्रतिनिधिसभामा निल हुने भएको छ ।  ठुलो दल मानिएको कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ ।

सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । उसले कैलालीको क्षेत्र नम्बर २,३ कञ्चनपुरको क्षेत्र नम्बर  १  र  बैतडीमा आफ्ना उम्मेदवार खडा गरेको थियो । तर एक ठाउँबाट पनि जित निकाल्न सकेको छैन ।

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने कञ्चनपुर १ र बैतडीमा एमालेले जितेको छ । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीको विजय पक्का जस्तै छ ।

कैलाली ३ मा माओवादीले संविधानसभा सदस्य कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको थियो। कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयनजिक छन् । यहाँ माओवादीले भगतबहादुर बडुवाललाई उम्मेदवार बनाएको थियो ।कञ्चनपुर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ विजयी भएका छन् । बैतडीमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका दामोदर भण्डारी विजयी भए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।