२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

कोरोनाबाट जोगिन यौन सम्पर्क गर्दा मास्क लगाउन र चुम्बन नगर्न सुझाव

एजेन्सी साउन २८ । सन् २०१९ डिसेम्बरबाट फैलन शुरु भएको कोरोना भाईरसले विश्वलाई नयाँ संकटमा पुर्याएको छ । यसले आर्थिक र मानवीय जीवनमाथि ठूलो चुनौती दिईरहेको छ ।
यस्तो बेला मानिसका दिनचर्या, जीवन शैली अनेक फेरिएका छन् । मानिसको जीवन शैली अन्तर्गत यौन जीवन पनि कुन न कुनै रुपमा जोडिन्छ ।
यसबारेमा धेरै अनुसन्धान र अध्ययनहरु भएका छन् ।
हालै बेलायतको एक च्यारीटीले कोरोना भाईरस फैलन नदिन यौन सम्पर्क गर्दा मास्क लगाउन र चुम्बन नगर्न सुझाव दिएको छ ।
साथै सो च्यारीटीले यौन सम्पर्क गर्नु अघि र यौन सम्पर्क गरीसके पछि २० सेकेण्ड मिचि मिचि हात धुन पनि सिफारीस गरेको छ ।
द टेरेस हिगिन्स ट्रष्टले यो अध्ययन र सुझाव जारी गरेको हो । यो बेलायतको एचआईभी तथा यौन स्वास्थ्यका बारेमा काम गर्दै आएको प्रमुख संस्था हो ।
च्यारीटीका मेडिकल डाईरेक्टर डा. मिचेल ब्रेडीले यौन महत्वपूर्ण पाटो भएको भन्दै यसलाई त्याग्न नसकिने बरु सुरक्षित बनाउनु पर्ने बताए ।

स्रोतः डेलीमेल

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।