२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं-  आज पनि देशभर सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय जस्तो भए पनि जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले दिउँसोपछि देशभर नै सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पोख्रेलले बताउनुभयो ।

राति देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेष गरी प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।