२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

काठमाडौं -जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका

डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् । जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका थिए ।
जुम्लाका ६८ हजार मतदातामध्ये करिब ६५ प्रतिशत खसेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।