२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

बेलुकीदेखि दार्चुलामा मतगणना सुरु गर्ने तयारी

दार्चुला – दार्चुलामा आज बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । जिल्लाका १३९ मतदान केन्द्रको मतपेटिका मतगणना स्थल महेन्द्र नमुना माविमा आइपुगेकाले बेलुकीदेखि मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अहिले सम्म जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ को सिना क्षेत्रको मतपेटिका मतगणना स्थलसम्म ल्याइसकिएको छैन ।
बेलुकासम्म सबै मतपेटिकाहरू जिल्ला सदरमुकाम ल्याइसक्ने भएकाले बेलुकीदेखि नै मतगणना सुरु गर्ने तयारी छ । दार्चुलामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाभर ८९ हजार १५४ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्रसहित १८ उम्मेदवार चुनावी मैदानमा छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।