२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

दसैंलाई ३ हजार खसीबोका ल्याइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले यो वर्ष तीन हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्न लागेको हो । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरी उपभोक्ता ठग्ने प्रवृत्ति रोक्न हरेक वर्ष खसीबोका खरिद गरी ल्याउने गर्दछ ।
कम्पनीले यस वर्ष १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्याङ्ग्रा खरिद गर्न लागेको कम्पनीले जानकारी दिएको छ । च्याङ्ग्रा र खसीबोका खरिद गर्नका लागि कम्पनीले ५९ करोड ९८ लाख ४ हजार रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । दसैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने हुँदा निजी व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठग्ने हुँदा बजार मूल्य नियन्त्रण गरि उपभोक्तालाई सुपथ मूल्यमा उपलव्ध गराउनका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरी वितरण गर्दै आएको छ ।

कम्पनीका नायव महाप्रवन्धक श्रीमणिराज खनालले दसैंलाई लक्षित गरेर यो वर्ष तीन हजार संख्यामा खसीबोका र च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको जानकारी दिए । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष खसीबोका खरिद गरेर बिक्री गर्ने गरेको उनले जानकारी दिए ।
कम्पनीले गत वर्ष १८ करोड ७८ लाख ५ हजार रुपैयाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो । गत वर्ष बजार मूल्यभन्दा १० रुपैयाँ छुट दिएर कम्पनीले खसीबोका बिक्री गरेको थियो ।
कम्पनीले विभिन्न जिल्लाबाट खरिद गरेर उपत्यका ल्याएर सहुलियत मूल्यमा बिक्री गर्ने गर्छ । दसैंमा सवैले मासु खाने हुँदा पनि खपत धेरै हुने गर्छ ।
दसैंको बेला उपत्यकामा ५० देखि ६० हजार संख्यामा खसीबोकाको खपत हुने गर्छ । स्थानीयउत्पादनले बजार माग धान्न नसकेपछि व्यवसायीले छिमेकी मुलुक भारत र चाइनाबाट खसीबोका ल्याएर बजारमा बिक्री गर्ने गर्छन् । कम्पनी चाडपर्वमा उपभोक्तालाई सहुलियदरमा खाद्यान्न उपलव्ध गराउनको लागि सुपथ पसलमार्फत सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तुको बिक्री गर्ने गर्छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।