डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृहजिल्ला आउने भएका छन्। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन्।
देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिए। देउवाले बुधबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट (विकास) ले बताए।



Views: 134

























