महेन्द्रनगर- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय टीकापुरमा ढुंगामुढा गर्दै तोडफोड गरिएको छ। पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार आइतबार राति अपरिचित समूहले ढुंगामुढा गरेको हुन्।
रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो। ढुंगामुढा गर्ने समूहभित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिएपनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ । पार्टीले पत्रकार सम्मेलन गरेर ढुंगामुढाको भर्त्सना गर्ने जनाएको छ ।



Views: 178


















