काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि भैरहेको पछिल्लो प्रयासबारे छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणबारे गएको अप्रिल १० मा भएको संवादसमेत स्मरण गराउनुभएको थियो । यस्तै उहाँहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमतिसमेत भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना समेत दिनुभएको छ । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जाल ट्विटर मार्फत उहाँले ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो ।