२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

किसानको जवानी किसानकै लगानी, फारवेष्टर्न एग्रो जाइन्ट लिमिटेडको परीक्षण उत्पादन सफल

डडेल्धुरामा भटमास कम्पनीको परीक्षण उत्पादन सुरु

डडेल्धुरा (जनक महरा) ः डडेल्धुरामा स्थापना भएको भटमास कम्पनीको (शनिवार ) एक कार्यक्रमका विच उत्पादन परिक्षण कार्यक्रम सम्पन्न भएको छ । ७ सय ७७ जना शेयर सदस्य रहेको र एक हजार बढी भटमास कृषक मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो । सात करोडको लगानीमा डडेल्धुराको अमरगढी नगरपालिका १ मा स्थापना भएको भटमास प्रशोधन उद्योगको परीक्षण उत्पादन तथा उद्घाटन गरिएको छ ।
भिजन डडेल्धुराका परिकल्पनाकार डा. तारा जोशीको पहलमा सो उद्योग सञ्चालनमा आएको हो । किसानको जवानी किसानकै लगानी भन्ने नाराका साथ फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको परीक्षण उत्पादन सफल हो ।
यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको कम्पनीका अध्यक्ष डा.तारा जोशीले बताए । कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल लगायतका उत्पादन हुने कम्पनीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।