दिपक राज भट्ट (डडेल्धुरा) ः डडेल्धुरा प्रेस युनियनका अध्यक्ष्य समेत रहेका धन बहादुर भण्डारी लाई निर्माण व्यवसायी संघ डडेल्धुराको प्रेस सल्लाहकारमा नियुक्त गरेकोछ । निर्माण व्यवसायी संघ डडेल्धुराले २४ गते भण्डारी लाई नियुक्ति गरेको हो । भण्डारी अजयमेरु १ घर भई हाल डडेल्धुरा सदरमुकाममा रहि सकिृय पत्रकारीमा रहेका छन् । २४ गते उनलाई नियुक्ति पत्र दिईएको हो । पत्रमा लेखिएकोछ ः 
बिषय ः प्रेस सललाहकर नियुक्त सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस संघको मिति २०७९ — ७— २४ गतेको निर्णय तथा संघको विधानको दफा २० बमोजिम तपाईलाई यस संघको प्रेस सल्लाहकारमा मनोनय गरिएको व्यहोरा जानकारि गराईन्छ । साथै यस अवसरमा संघको तर्फबाट हार्दिक बधाई सहित , यहाँबाट संघलाई आवश्यक पर्ने सरार्मश ।सल्लाह, सुझाव तथा निरन्तर सहयोगको अपेक्षा सहित संस्थाको मर्यादा र छवि उच्च राख्ने काममा महत्वपुर्ण योगदान प्राप्त हुने अपेक्षा सहित पूर्ण सफल कार्यकालको शुभकामना
दान बहादुर ओली (महासचिव) 





















