कञ्चनपुरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुला र बैतडीको आमसभा सम्बोधन गरेर कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पुगेका छन्। महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्न हेलिकप्टरमार्फत ओली महेन्द्रनगर पुगेका हुन। ओलीको भाषण सुन्न बिहानदेखि पखाईमा बसेका मानिसहरुले खुलामञ्च खचाखच भरिएको छ। ओलीले केही बेरमा सभालाई सम्बोधन गर्दैछन्।
Views: 51