२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

देउवा डडेल्धुरा आउदै यस्तो यी हुन देउवाले समबोधन गर्ने क्षेत्र

डडेल्धुरा ः चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा आउँदै
डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चार दिन गृह जिल्ला बस्ने भएका छन् । मङसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी उनी गृह जिल्ला डडेलधुरा आउन लागेका हुन् ।
कात्तिक १७ गतेदेखि आयोजना हुने चार दिने कार्यक्रमका लागि देउवा डडेलधुरा आउन लागेको वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा उनले श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराएका थिए ।
कांग्रेस डडेलधुराका सभापति साउँदका अनुसार कात्तिक १७ गते देउवा डडेलधुरा पुग्ने कार्यक्रम छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको बसपार्क, नवदुर्गा गाउँपालिकाको बेलापुर, आफ्नो गृहपालिका गन्यापधुराको बडाल, अजयमेरुको भद्रपुर, आलितालको गोदाम, परशुरामको जोगबुढा र भागेश्वर गाउँपालिकाको बगरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उनको चुनावी कार्यक्रम सकिने छ । साउँदका अनुसार कार्यक्रम सकेर प्रधानमन्त्री देउवा राजधानी काठमाडौं फर्कनेछन् र पुनः चुनावको बेला डडेलधुरा आउनेछन् । देउवा ०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् ।
देउवाविरुद्ध कांग्रेस बीपीका कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत ८ जना चुनावी मैदानमा छन् । देउवालाई ५ दलीय गठबन्धनको समर्थन छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।