डडेल्धुरा ः डडेल्धुरा जिल्लाको गन्यापधुरामा जारि रहेको लाटा गन्याप भलिवल कप २०७९ उपाधि महता ईलेक्ट्रोनिक्स ले हात पारेको छ १३ टिम सहभागि रहेको यस प्रतियोगितामा महता ईलेक्ट्रोनिक्स प्रथम भएको छ भने रुपाल स्टार दृतीय र नबदुर्गा युवा सन्जाल तृतीय भएको थियो । आज सम्पन्न भएको खेलमा प्रथम टिम लाई रु १ लाख नगद, द्धतीय हुनेलाई रु ५० हजार र तृतीय हुने लाई रु २५ हजार नगद सहित सम्मान गरेको थियो ।
कार्यक्रममा गन्यापधुराका पालिका अध्यक्ष ईन्द्र कार्कि, वडा अध्यक्षहरु र अन्य नेता तथा समाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम डडेल्धुरा युथ एसोसेसनले आयोजना गरेको थियो । कार्यक्रममा डडेल्धुरा जिल्ला भित्रका टिमले मात्र सहभागिता हुने नियम रहेको थियो । 



Views: 462


















