२०८३ आश्विन २२ बिहीबार
२०८३ आश्विन २२ बिहीबार

डडेल्धुरामा नेकपा एस र कांग्रेस (बीपी) बीच चुनावी तालमेल

डडेल्धुरा ः प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी)बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा होमिने जनाएका हुन्।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरेपनि जोशीलाई नेकपा एस डडेल्धुराले समर्थन गरेको छ।
जसअनुसार एसले कांग्रेस वीपीसँग तालमेल गरेको हो । नेकपा एस र कांग्रेस (वीपी )बीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए।
यसअघि नेकपा एमाले डडेल्धुरासँग पनि चुनावी मोर्चाबन्दी हुने भनेता पनि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले कांग्रेस (बीपी) सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको थियो। बीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकोले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराकाको आरोप थियो। तर, बीपी कांग्रेसका उपसभापति कर्णबहादुर मल्लले भने केन्द्रमा आफू र प्रदेश ‘क’ मा एमालेसँग तालेमल गर्ने र प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशीलाई सघाउने भन्ने कुरा भएको प्रतिक्रिया दिए। पत्रकार सम्मेलनमार्फत् मल्ल र जोशीले आफूहरूलाई जिताउन मतदातालाई आग्रह समेत गरे।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।