धनगढी – सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्रको भागबन्डा टुंगो लगाएको छ । शुक्रवार गठबन्धनका शिर्ष नेताले निर्वाचन क्षेत्रको भागबन्डा टुंगो लगाएको हो ।
गठबन्धनबाट डडेल्धुरामा प्रतिनिधि सभामा नेपाली कांग्रेस, प्रदेशसभा क मा नेकपा माओवादी केन्द्र र प्रदेशसभा ख मा नेपाली कांग्रेसको भागमा परेको छ । प्रदेशसभा ख मा नेकपा एकीकृत समाजवादीले दाबी गरेपनि अन्तिममा नेपाली कांग्रेसको भागमा परेको छ ।
प्रदेश ख एकीकृत समाजवादीले नपाएपछि एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा केन्द्रिय बिभाग प्रमुख डा. तारा जोशी प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जुटेका छन् । भोलिसम्म निर्णयमा पुग्ने बताएका छन् ।
स्वतन्त्र उम्मेदवार दिने कि गठबन्धनलाई नै समर्थन गर्ने भन्ने बिषयमा जिल्लास्तरका नेतासङ्ग छलफलमा जुटेका छन् । अन्य दलको समर्थन पाए भोलि स्वतन्त्र उम्मेदवारीबाट मनोनयन दर्ता गर्ने उहाँका एक निकट नेताले बताए ।
एकीकृत समाजवादीका लागि डडेल्धुराको प्रदेश ख राम्रो राम्रो मानिएको क्षेत्र हो । स्वतन्त्र उम्मेदवारी दिन समाजवादीका नेता कार्यकर्ताले डा। जोशीलाई सुझाव दिई रहेका छन् ।
डा. जोशीले काठमाडौं भएको लामो छ्लफलमा गठबन्धनको विभिन्न प्रस्तावलाई अस्विकार गर्दै प्रदेश ख मा दाबी राखेका थिए । प्रदेश ख दिन नसक्ने भन्दै कांग्रेसले आफ्नो भागमा राखेको छ ।
नेकपा एसका केन्द्रिय सदस्य तारा जोशी अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन नेपाली काङ्ग्रेस जिल्ला सभापति कर्ण मल्लसङ्ग ३५६ मतले पराजित भएका थिए ।




























