२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

काेराेना वास्तविकता , सरकारकाे लापरवाहि !

-विश्व काेराेना बाट त्रसित भइरहेका बेला नेपाल पनि यश बाट अछुताे रहनु सकेकाे छैन् । सरकार धेरै राम्रो कुरा हो नागरिकहरुलाई जबरजस्ती मास्क लगाएर सास फेर्न समेत बन्द गराइ मार्नु पर्छ, काम गरेर आय आर्जन गर्न बन्द गराई मार्नु पर्छ, घरभित्रै कैद गराएर मार्नु पर्छ ।

जबरजस्ती क्वारेन्टाइन जस्तो यमलोक मा राख्दै मार्नु पर्छ । सेनिटाइजरले मार्नु पर्छ, मोबाइल रिंगटोनमा समेत कोरोना महाआतंक को अनवरत डरत्रास फैलाइराख्नुपर्छ । यतिले पनि नमरे जबरजस्ती हस्पिटल मा ड्रग्स खुवाएर मार्नुपर्छ । मरेको लाश पनि नदिएर सम्पूर्ण अंगहरु निकालेर बेच्नु पर्छ । यही मानव विनासको खेल मा लागेका आतंकवादी हरु मात्र बाच्नु पर्छ, देश लुट्ने र देश को सम्पति बेच्ने हरु मात्र बाच्नु पर्छ । फर्मा माफिया हरु मात्र बाच्नु पर्छ ।

फर्मा माफिया हरुको साँठगाँठ मा सरकार चलाउने हरु मात्र बाच्नु पर्छ। हाम्रो सम्पुर्ण धर्म संस्कृति रीतिरिवाज पहिचान सबै निमिट्यान्न पार्दै मुलुक लाई अन्तर्राष्ट्रिय माफिया हरुको उपनिवेश बनाउनु पर्छ, धेरै उत्तम बिचार लाग्यो। सायद एउटा कुरा भुलेको जस्तो लाग्यो स्मरण गराउन चाहन्छु कि यस्का बाबजुद पनि यो विश्व भरी का मानव बिनास गरेर कब्जा गरेको सम्पूर्ण धनसम्पत्ति को पहाड को थुप्रो ले पनि ले पनि एक सेकेन्ड कसैको आयु थप्न सक्ने छैन, त्यो त गरेको कर्मले निर्धारण गर्दछ धन सम्पत्ति वा सत्ता ले निर्धारण गर्दैन।

– यो धर्तीमा पहिलो चोटी मानिसहरू मरेका हुन् र ? कोरोनाले मात्र पहिलो चोटी मानिसहरू मारेको हो र , यो भन्दा अगाडि कहिले पनि मानिसहरू मर्दैन थिए ? गएको ७ महिना मा विश्व भर ७ लाख ५८ हजार देखाइएको छ, ७ महिना मा ७ लाख ५८ हजार मर्दा विश्व बन्द गर्ने ? प्रत्येक दिन विश्वभर १लाख ५० हजार मानिसहरू को मृत्यु हुन्छ, एक महिना मा ४५ लाखको मृत्यु हुने गर्दछ, यो ७ महिना मा करिब ३ करोड ६५ लाख मानिसहरू को मृत्यु भइसकेको छ। अब ७ लाख मर्दा विश्व बन्द गर्ने भए ३ करोड ६५ लाख मृत्यु भएको मा कहाँ कहाँ बन्द गरेका छन् कृपया बताइदिनुहोला। ७ लाख ५८ हजार मर्दा महामारी भनिन्छ भने ३ करोड ६५ लाख मर्दा के भन्नु पर्यो प्रस्ट्याइ दिनु हुन हार्दिक अनुरोध गर्दछु।

अहिले सम्म विश्व भर करिब २ करोड १२ लाख मानिसहरू संक्रमित छन जसमध्ये ७ लाख ६० हजार जति को मात्र मृत्यु भएको छ, करिब १ करोड ४० लाख बिना औषधि ठिक भएर घर फर्किसकेका छन् भने बाँकी करिब ६४ लाख बिना औषधि ठिक भएर छिट्टै घर फर्किदै छन्। २ करोड १२ लाख संक्रमित भइसकेका समेत बिना औषधि करिब २ करोड ४ लाख (९८%) मानिसहरू ठिक भएर घर फर्किने बिराम लाई टेस्ट गर्नु पर्ने किन ? ७ लाख ६० हजार पनि मान्छे मर्ने ड्रग्स को सेवन, भेन्टिलेटर को प्रयोग, डर त्रास, बिभिन्न जटिल रोगले मृत्यु को मुखमा पुगिसके का हरु करिब ९९% को मृत्यु भएको छ, कोरोनाबाट मात्र मृत्यु हुने को संख्या करिब १% मात्र छ भने ७ लाख ६० हजार को १% भनेको ७ हजार ६०० मात्र हुन आउँछ। उनिहरुको डाटा अनुसार नै कोरोनाबाट मृत्यु हुने को संख्या मात्र ७ हजार ६०० हुन आउँछ।

३० अरब भन्दा बढी कोरोनाको नाममा लुटेर स्वाहा गरिसके,ब्यवसाय बन्द गराएर खरबौं नोक्सानी गराइसके सिर्फ ३ महिना मा। सयौं अरब लुटेर खान कोरोनाको नाममा बजेट छुट्याइएको छ।

२ हजार भन्दा बढी मानीस हरुको आत्महत्या गराएर ज्यान लगिसके !

यस्तै स्थिति रहिराखे एक दुइ महिनामा हामिहरु सबै ले यसैगरी मृत्यु वरण गर्नु पर्ने छ। एक रुपैयाँ खर्च गर्नु नपर्ने र एक जना को पनी मृत्यु नहुने रोग को नाममा जबरजस्ती मार्ने र लुट्ने खेल लाई ठिक हो भनेर मैले आफूलाई आतंकबादि हरु को समर्थन जनाउनु भन्दा आतंकबाद र आतंकबादि बिरुद्ध मानव कल्याणको कित्तामा उभिएर जन चेतना जगाउन स्वधर्म सम्झेर पालना गर्दै छु हजुर, गल्ती गरेको भए माफी चाहन्छु ।

लेखक – दिनेश राेस्यारा ( ने बि संघ डडेलधुरा -काठमाडौं सम्पर्क समिति उप सचिब ) हाल काठमाण्डाै

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।