डडेल्धुरा (दिपक राज भट्ट) ः डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले आज एक औपचारिक कार्यक्रमका बिच पालिका भित्रका ९ प्राथमिक विद्यालयलाई स्मार्ट टिबि हस्तान्तरण गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि टिबि हस्तान्तरण गरएिको पालिका शिक्षा शाखा प्रमुख तस्विर घटालले बताउनुभयो । सबै विद्यालयमा नेट पहुच र विद्युत पहँच रहेकाले यो निकै प्रभावकारि हुने घटालको भनाई छ । स्मार्ट टिबि मार्फत बालबालिका लाई अडियो भिडियो मार्फत सिकाई गरिनेछ । कार्यक्रममा पालिका उपाध्यक्ष, पालिका कर्मचारि, वडा अध्यक्षहरु, विद्यालयका प्र.अ लगायतको सहभागिता रहेको थियो । 



Views: 194

























