२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

बझाङमा वडा सचिवको यो हर्कत…

कार्यकक्षमै चुरोट तानेको तस्बिर भाइरल, झुठो भएको दाबी
धनगढी ः
बझाङमा एक जना वडा सचिवले कार्यकक्षमै चुरोट तानेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । जयपृथ्वी नगरपालिका–१ का वडा सचिव अजयबहादुर सिंहले कार्यकक्षमै चुरोट तानेको तस्बिर फेसबुकमा भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
वडा सचिव सिंहले पनि उक्त तस्बिर आफ्नै भएको स्वीकार गरेका छन् । तर कार्यकक्ष नभएर आफू बस्ने कोठा भएको दाबी उनको छ । ‘इनटरनेटले कार्यकक्षमा काम नगर्ने भएकाले कुनै कागजपत्र प्रिन्ट गर्नुपरेमा आफ्नै कोठामा प्रिन्टर राखेले त्यही जाने गर्छु,’ सिंहले भने, ‘त्यो दिन पनि कागजपत्र प्रिन्ट गर्न कोठामा गएका बेलाको फोटो हो । तर फेसबुकमा कार्यकक्षमै भनेर झुठो प्रचार गरिएको छ ।’
उनले ठट्टा गरेर भतिजाले त्यो दिन फोटो खिचेको बताउँदै भतिजा मार्फत नै अरुलाई पठाइएको जनाएका छन् । जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर प्रसाद जोशीले सार्वजनिक स्थानमा धुम्रपान गर्न नहुने कुराको ख्याल नगरेकाले वडा सचिवले माफी माग्नुपर्ने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।