२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

प्रिय लेखक रामलाल जोशी (बाआमा) ः तपाईले पढनुभयो

नेपाली साहित्यका युगिन लेखक हुन। सखी
ऐना कथासंग्रह (२०७२) मदन पुरस्कार बिजेता यस पुस्तक पश्चात बाआमा एक जिवन्त परिवेश बारे बोलेको पाए। बाआमाू आख्यान ले मलाई प्रत्येक खण्डका हरफहरू ले रुवाइरह्यो। म जति जति आख्यान पढ्थे मेरा आखाँ कचिलाूहुन्थे। पृष्ठ न. २३२ सम्म जादा काल्पनिक संसारको यथार्थ खोज्न हराइसकेको थिए। ूबाबाको मायाू पृष्ठ ३(२५ सम्म पढ्दा मेरा तिन चोटी आखाँ बाट आशु खसे। एक विधवा आमाले एक छोरालाई सुर्य बनाएको र आफै अस्ताएको हराएको काहानीले कौतुहल बनाइरह्यो। संसारिक दु ः खहरु ब्यत्ति बिषेश सबैलाई हुदो रहेछ। चोर औलाको काख रित्तिदा,ूदाजीका दुः ख हरु ले भावबिह्ल पार्यो।
समधुर र पवित्र सम्बन्ध मानिने भाउजु र देवरको सम्बन्ध लाइ कुदृष्टि हेरिदा ूबौजुको सन्यासी जिबनूले धरधरी रोए।
बनकाशीका बाआमाले गरेको अथक मेहनत र समाजको नजरिया फेरि दिएको कथा पढ्दै गर्दा जिबनका अन्तिम समयमा बाआमालाई भन्दा आफ्नो स्वार्थको चास्नी ठुलो देखिदो रहेछ। जुन छोरा को लागि रातदिन एक लगाए उसैले जिवनको उत्तरार्द्धमा सुस्खहरु संग बाआमाको खुसी साट्यो।
पृष्ठ ११० बाट नलेखिएको बयानू को खण्ड सुरु हुन्छ न्यायालय को एक अनौठो परिदृश्य देखापर्दछ। कुमार जी र कौशिल्ला देवी बिचको सम्बन्ध बिच्छेद अदालतमा तर्कर बहस भइरहेको हुन्छ। एक श्रिमानश्रीमती को मात्र समबन्धबिच्छेद भइरहेको हुदैन। त्यो छोराछोरीको चाहाना र इच्छाहरू हुर्मत पनि दिएको हुन्छ। सीङ्गो परिवार मा बस्ने चाहानाहरु लाइ हत्ताएर सपनाहरूलाइ अन्तिम तिलाञ्जली दिइ एक परिवार का दुइवटा चोइटा हुदा परिवार को नाम निशानको अन्त्य र सन्तान को प्रिय काख गुम्छ भनिएको छ।
दुस्खद साथ भन्नुपर्छ मैले यो खण्ड पढिरहदा मेरी बेज्यै ले भनेका कुराहरू झल्झली याद आयो। सुदूरपश्चिमका बिषेषतस्बैतडी तिर देउकी ूबस्न्थ्या रे बुआ ू बज्यै भन्नथ्या ूदुइ रुप्या कि तल्ला गाउँ कि झङ्करीलाइ बेचेको थियो बा१ गाउमुडी एक दलाल हुन्थ्यो जै कि चेली धेरै छन उन त आफ्नी चेली पनि बेचीदिन्थ्या बा१ू मनमा बज्यैको बातहरू झल्झली याद आइरह्यो। त्यहि ूभेटिएकी देवीू मेरा बा को हुन आमा
देउकी आमालाइ छोरा को प्रश्न हाम्रो बाउ को हुन आमा ?
(राजासाप,पुजारी, लाठपुरुष,प्रधानसाप, मुखीयाज्यु, कान्छासाहेब।कति हुन कति कस्को सुक्रकिटको कणहरू कर्णबहादुर र तिन भाइ छोराको जन्मभयो देवी अनबिग्य छिन। पुरातन कुसंकृति को झझल्को लाइ बास्तबिक बनाएर लेखक ले देखाएका छन। ूछाडिएका भगवान पृष्ठ १४३ बाट लगातार पढेर लैजादा जिउदा भगबानहरुलाइ लाइ कुप्रिन दिएर सुख र एसको जिबन बिताइरहेका युवा पुस्ताहरू वास्तविक जिबन संग को चोटिलो प्रहार आफ्नै समुदायमा घटिरहेको जस्तै आभास दिलायो। ू
साथीको सम्झना बाआमा मरेर टुहुरा भएका एक दिदि र भाइ को कथामा शरद ढुङगाना पात्र ले धेरै रुवाइरह्यो मैले पुस्तक पढ्ने बेला देखी भगवान संग पुकार गरिरहे शरद को भेट झङकरी दिदि संग होस भन्ने पुकार गरिरहे भेट त भयो। त्यो बिच झंकरी दिदि र शरदको जिबन ले अर्कै मोड लियो। बाआमाको साथ छुट्नु त सास छुट्नु जस्तै लाग्यो। ू
१८१ को पृष्ठ देखी २३२ पृष्ठ सम्म पुग्दा लेखकले आफुलाई नै प्रमुख पात्र बनाएका छन।
गुरुको साथ( चोरी(चोरी कविता कहेर जिबनमा गुरु ले ठुलो भुमिका पारेका छन। सम्मान तथा पुरुस्कार प्रतियोगिता मा कुप्रिएँको शरिर संग लेखकको साक्षात्कार भएको छ।
गुरु भनेका ूस्वर्ग र धरती लाइ जोड्ने इन्द्रेणी हुदा रहेछन्ू।
छोराको सपना पत्नीको त्याग र तडपाइमा भएको छोरा बिदेशको भुमी मा रमाउँछ बुढा बाआमालाई म य्हा निको छु भनेर झन पिरोल्छ।।यहि कुरा लेखक ले देखाएका छन। जुन छोराको लागि आमाले रात। दिन पानी असिना र घामलाइ एक पार्दिन उहि छोरा आज परदेशी भुमीमा बाआमालाई म सञ्चै छु भनि बिसन्चो पार्दैछ।
छोरीको रात आख्यान पढिरहादा म आफुमा समाहित हुन सकिरहेको थिएन मेरो मन चङ्गा जस्तै उडिरहेको थियो। पृष्ठ २३० को पहिलो हरफमा आएर टक्क अडियो जहाँ लेखिएको थियो।
मन पर्ने ब्यक्ति
मन पर्ने ठाउँ
मन पर्ने सबै कुराहरू…
सबै को एकै उत्तर बाबा थियो। कुनै बेलाका कापीमा मेरो पनि त्यहि हुन्थ्यो। एक चोटी फेरि रोए। धन्यवाद लेखक ।
म संग यो समिक्षा बाहेक आशुहरु छन। जो मैले पुरुष हुनुको धर्म उल्ङ्घन गरे। सायद पुरुष ले रुने यो संसार मा छुट छैन कि ? यो पुस्तक डडेल्धुरामा चाहिएमा ९८४३८९९०५६ मा सम्पृक गर्नुहोला ।
लेखक ः जनक जोशी (गन्यापधुरा )

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।