२०८३ कार्तिक १४ शुक्रबार
२०८३ कार्तिक १४ शुक्रबार

जवान बन्ने आसमा डडेल्धुरामा म्यादिमा आवेदन भर्नेको भिड

६ दिनमा झण्डै सात सय जनाको आवेदन
डडेल्धुरा ः जवान बन्ने आसमा डडेल्धुरामा म्यादिमा आवेदन भर्नेको भिड देख्न सकिन्छ । बेरोजगारिको मुख्य समस्याका कारण निर्वाचनमा म्यादि बन्ने आशमा दिनहु सयौ नागरिकले आवेदन भर्ने गरेका छन् । म्यादि (जवान) ले ४० दिनको नियुकित पाउनेछन् ।
डडेल्धुरामा म्यादी प्रहरीमा भर्ना हुन ६ दिनमा झण्डै सात सय जनाको आवेदन परेको छ । जिल्लामा आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी बन्न झण्डै सात सय जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
देशभर एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आवेदन खुला गरिएकोमा डडेल्धुरामा कति जना भर्ना गर्ने भन्ने विषयमा अझै टुंगो नलगाइएको कार्यालयले जानकारी दिएकोछ ।
म्यादी प्रहरी छनोट गर्दा स्थानीय तह वा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरूलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।
भर्नाका लागि नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएका, राजनीतिक दलको सदस्य नभएका, शारीरिक र मानसिक रूपले स्वस्थ, आतङ्ककारी सङ्गठनका सदस्य नरहेका, आँखा माइनस २ र प्लस २ भन्दी बढी कमजोर नभएका, गर्भवती नभएका तथा पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इञ्च र छाती ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाइ कम्तीमा ५ फिट र तौल ४२ केजी भएको हुनुपर्ने सूचनामा जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।