वीरगनञ्जमा एक पुरूषमा मृत्यु पश्चात कोरोनाभाइरस पुष्टि भएको छ । नारायणी अस्पताल ल्याउने क्रकमा बिहान ७ बजे बाटोमै मृत्यु भएको ४७ वर्षीय पुरूषमा शनिबार दिउसो मृत्यु भएको कोरोना पुष्टि भएको हाे ।
गण्डक अस्पताल कोरोना फोकल पर्सन डा.उदय शिंहले जानकारी दिनुभयो । वीरगन्ज महानगरपालिका–सुगौली का ४७ वर्षीय पुरूषमा सात दिनदेखि ज्वरो र खोकि देखिएको तथा तीन देखि स्वास प्रश्वासमा समस्या देखिएको डा.शिंहले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको जानकारी दिनुभएको थियो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०३ पुगेको छ ।
Views: 31