२०८३ भाद्र १ सोमबार
२०८३ भाद्र १ सोमबार

डडेल्धुरामा ३ आर्थिक बर्षमा ९९ जनाले गरे आत्महत्या ,सचेतना जोड दिदै जिल्ला प्रहरि कार्यालय डडेल्धुरा

डडेल्धुरामा मासिक ३ जनाले रोज्छन् आत्महत्या, रोकथामका लागि सचेतनामा जोड

डडेल्धुरा ः जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६—०७७ मा ३०, ०७७—०७८ मा ४२ र गत आर्थिक वर्ष ०७८—०७९ मा २७ जनाले आत्महत्या गरेका छन्।
प्रहरी तथ्यांकले डडेल्धुरामा मासिक तीन जनाले आत्महत्या गरेको देखाएको छ। पछिल्लो तीन आर्थिक वर्ष र चालू आर्थिक वर्षको तथ्यांक हेर्दा औसतमा तीन जनाले एक महिनामा आत्महत्या गरेको पाइएको हो।

चालू आर्थिक वर्षका दुई महिनामा ६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। चालू आर्थिक वर्षमा जिल्लाको आलिताल गाउँपालिकाका २, अमरगढी, परशुराम अजयमेरु र गन्यापधुरा गाउँपालिकाका एक÷एक जनाले आत्महत्या गरेका छन्,’ उनले भने।
यस्तै जिल्लामा सञ्चालमा रहेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या रोकथाम सम्बन्धि सचेतामूलक कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सचेतामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले बेरोजगारीको समस्याले आत्महत्याको ग्राफ बढ्दै गएको बताए। ‘कुनै पनि व्यक्ति रोजगार हुँदा काममा व्यस्त हुन्छ र आत्महत्याबारे सोच्न नै पाउँदैन,’ मेयर जोशीले भने, ‘तर बेरोजगारीका कारण नकरात्मक सोच उत्पन्न हुने र सोही कारणले आत्महत्या पनि बढेको देखिन्छ। रोकथामका लागि सचेतनामा पनि जोड दिन आवश्यक छ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आत्महत्याको कारण खोज्न जरुरी रहेको बताए। ‘पछिल्लो समय प्रविधिको उपयोग नभइ दुरुपयोग बढेको छ,’ सिडिओ जोशीले भने, ‘आत्महत्या बढ्नुमा प्रविधिको दुरुपयोग पनि हुनसक्छ। यसबाहेक आत्महत्याका थुप्रै कारण छन्। ती कारणको पहिचान गरेर न्यूनीकरणतर्फ लाग्न आवश्यक छ।’
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी भट्टले आत्महत्या समाजमा डरलाग्दो रुपमा देखा परेको बताए। ‘कोरोना भाइरसको महामारीपछि आत्महत्याको ग्राफ झनै बढेको छ,’ डिएसपी भट्टले भने, ‘अन्य जिल्लाको तुलनामा डडेल्धुरामा आत्महत्या गर्नेको संख्या कम छ। तर बढ्दो क्रममा छ।’ उनले सबै पक्ष मिलेर आत्महत्याविरुद्ध सचेतना जगाउदै रोकथाम गर्न सकिनेमा जोड दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।